कोहली एक्लैले जिताउन सक्दैनन् : हरभजन सिंह

काठमाडौं : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई ‘बिग म्याच’ जिताउने कप्तानका रुपमा लिइन्छ । तर अहिले चलिरहेको अस्ट्रेलिया विरुध्दको वान डे सिरिज गुमाएपछि कोहलीको ठूला खेल जिताउन सक्ने क्षमता माथि प्रश्न उठाउन थालिएको छ ।
अस्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टिम विरुध्दको सिरिज २-० ले गुमाएको छ । आइतबार मात्रै सिरिजको दोस्रो खेलमा भारत अस्ट्रेलियासँग ५१ रनले पराजित भयो । पहिलो वान डे भारतले ६६ रनले पराजित भएको थियो । अस्ट्रेलियासँग लगातार पराजित भएपछि धेरै क्रिकेट विश्लेषकहरूले कप्तानीको भारका कारण कोहलीको व्यक्तिगत प्रदर्शन पनि खस्किरहेको बताइरहेका छन् ।
यता भारतका पूर्वस्पिनर हरभजन सिंहले भने कोहलीले आफ्नो स्वाभाविक प्रदर्शन गरिरहेको तर टिमका अन्य सदस्यहरूले राम्रो लय देखाउन नसकिरहेको बताएका छन् । भारतीय टेलिभजन च्यानल इन्डिया टिभीसँग कुरा गर्दै सिंहले कप्तान कोहलीले एक्लै खेल जिताउन नसक्ने भएकाले अरु खेलाडीहरूले पनि आफ्नो प्रदर्शनमा सुधार ल्याउनुपर्ने बताए ।
‘कप्तानीका कारण कोहली कुनै किसिमको दबाबमा छन् जस्तो लाग्दैन । कोहली राम्रो कप्तान हो । ऊ जुनसुकै चुनौतीको सामना गर्न पनि तयार रहन्छ,’ सिंहले भने, ‘कोहली एक्लैले खेल जिताउन सक्दैनन् । कुनै पनि खेलाडी एक्लैले अस्ट्रेलिया जस्तो टिमलाई हराउन सक्ने होइन ।’
सिंहले अर्का ब्याट्सम्यान केएल राहुलको भने प्रशंसा गरे । आइतबार मध्यक्रममा ब्याटिङमा आएका राहुलले ६६ बलको सामना गर्दै ७६ रन बनाएका थिए ।
‘राहुलले प्रभावशाली प्रदर्शन गरे । उनी जस्ता खेलाडीहरूले राम्रासँग रन बनाउन सके भने कोहलीलाई कम भार पर्छ । कोहलीलाई कम भार पर्नु भनेको उनले ब्याक्तिगत प्रदर्शनमा सुधार गर्न वातावरण पाउनु हो,’ सिंहले थपे ।
लगातार दुई खेलमा पराजय भोगेको भारतले सिरिजको अन्तिम खेल बुधबार खेल्दैछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_muj2oFdPur_ljz72xpfqdoorazgspabqty5uqlibdihm60p8anznn6pntpihetbn3ueolb3.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया