टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु

अङ्कारा- टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन् ।
टर्कीएमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।
राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा ३२ जनालाई हिरासतमा लिइएको छ ।
अङ्कारा प्रान्तीय गभर्नरको कार्यालयले मङ्गलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो ।
अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ । इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तिमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो ।
अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ ।
टर्कीएका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन् । साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन् । (सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया