भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

नयाँदिल्ली- भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।
“उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले बताए । “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”
विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।
आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।
विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् । सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया