बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सिंहदरबारको खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ- सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि खानेपानी मन्त्रालयमा आगलागी भएको हो ।

आगो प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेलका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।