दशौँ राष्ट्रिय खेलकुदः छनोट प्रतियोगिताका लागि आज उद्घाटन हुँदै

कैलाली - दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
धनगढी रङ्गशालामा छनोट प्रतियोगिताको उद्घाट्न परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबाट हुने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । आज छनोट प्रतियोगिताको उद्घाटन भए पनि छनोटका लागि प्रतियोगिता भने भोलिदेखि सुरु हुने उनले बताए ।
छनोट भएका सात सय ७८ खेलाडीसहित चार सय ५० जना निर्णायक दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागी हुने परिषद्का सदस्यसचिव सिंहले जानकारी दिए ।
दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा खेलाडीले सहभागिता जनाउने छन् । प्रदेश छनोट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
छनोट प्रतियोगिताका खेल कैलाली र कञ्चनपुरमा हुनेछ । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेल हुनेछन् । यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल हुने जनाइएको छ ।
अछामबाट एक सय ४१, बझाङबाट दुई सय ६३, बैतडीबाट दुई सय दुई, डोटीबाट दुई सय ९४, बाजुराबाट दुई सय ३९, दार्चुलाबाट दुई सय ३६, डडेल्धुराबाट दुई सय ४३, कैलालीबाट चार सय ३१ र कञ्चनपुरबाट चार सय २३ जना खेलाडीले प्रतियोगितामा भाग लिँदैछन् ।
एकतीसमध्ये १६ खेलको प्रतियोगिता हुनेछ । छनोट हुने खेलमा बास्केटबल महिला, कुस्ती, आइटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन् । हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङटेनिस, जिम्न्यास्टिक खेलका खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन् । छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेका छन् ।

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

प्रतिक्रिया