खानेपानीमन्त्री नयाँ कार्यकक्षमा

काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन् । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो ।
मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
उनले भने, “शनिबार आगलागी भएर मन्त्रीज्यूको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सुरू गरिएको छ ।”
मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सिसी क्यामेराको मनिटरलगायत सामग्री नष्ट भएका छन् ।

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रतिक्रिया