बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव

फाइल फाेटाे

काठमाडौं - जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले पार्टी सरकारमा जाने अवस्थामा नरहेको भन्दै सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका हुन् । 

उनले आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रूपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर गरे । 

अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने बितिकै आवश्यक निर्णय लिइने बताए । 

अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।