पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न - झलनाथ खनाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए । एक प्रश्नको जबाफमा सम्मानित नेता झलनाथ खनालले संविधान संशोधन भन्दा पनि संविधान पूनरावलोकन गर्न सुझाव दिए । उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए । उनले शासकीय स्वरूप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए ।
खनालले सामाजिक संजाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भएपनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे । उनले सामाजिक संजाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे ।

माओवादीका नेताहरू चीन भ्रमणमा

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

प्रतिक्रिया