कसैको दबाब वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कसुर र कसुरदार ठूलो वा सानो नभनी काम र कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न सुझाव दिएका हुन् ।
उनले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताए । उनले सूचनाप्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताए । राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै यसमा ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने बताए ।
त्यस्तै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राइले सार्वजनिक स्रोत र राज्य शक्तिको प्रयोग गर्ने पदाधिकारीमा सदाचार संस्कृतिको विकास गर्न सचेतना, प्रचार प्रसार र सहकार्यको रणनीति अवलम्बन गरिएको बताए । उनले आयोजना निर्माण ढिलाई हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै खरिद योजनालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले अख्तियारका उत्कृष्ट कर्मचारीका साथै सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री , उपसभामुख लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रतिक्रिया