शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रेम गरेकै कारण पिडा भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

फाइल फाेटाे

काठमाडौं - रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समाधान गर्न आग्रह गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न आग्रह गरेका हुन् । 

उनले राज्यले नै दलितमाथि अन्याय गरेको उल्लेख गरे । अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण पिडा भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

परियारले समाजमा भएका विकृति र विसंगति विरुद्ध सभामुख समेत लडेकाले सरकारलाई आवश्यक निर्देशन दिन आग्रह गरे ।