सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

काठमाडौँ - स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ का पवन राेकाले आफ्नो नयाँ र्‍याप गीत ‘खोक्का’ युट्युबमा सार्वजनिक गरेका छन् ।

यस र्‍याप गीतबाट राेकाले शब्द र स्वरको माध्यमबाट जीवनका कठिन परिस्थितिमा पनि हार नमानि अघि बढ्ने सन्देश दिएका छन्। ‘खोक्का’ गीतमा खत्रीले जीवनका उतार-चढाव र चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै हिम्मत नहारेको विषयलाई प्रस्तुत गरेकाे बताए ।

गीतमा राेका आफ्ना अनुभव र विचारहरूलाई र्‍याप शैलीमा व्यक्त गरेका छन्, जसले श्रोताहरूलाई मानसिक बल र साहस दिन्छ। भिडियोमा राेकाको जीवनका संघर्ष र आशाको यात्रा देखाइएको छ, जहाँ उनले चुनौतीहरूको सामना गर्दै अघि बढ्ने प्रेरणादायक कथा प्रस्तुत गरेका छन्। गीतको भिडियोले दर्शकलाई जीवनको कठिनाइहरूलाई अँगालेर अघि बढ्नको लागि प्रेरित गर्दछ।

‘खोक्का’ गीतले सबैलाई यो सन्देश दिन्छ कि जीवनमा कुनै पनि परिस्थितिमा हार मान्नु हुँदैन र कठिन समयमा पनि सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ। युट्युबमा सार्वजनिक भएको यस गीतले युवा पुस्ताकाे ध्यान आकर्षित गरेको छ ।