एमाले संविधान खारेज गर्ने पार्टी होइन :योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नउठ्ने बताएका हुन् । एमालेले संविधान खारेज गर्न चाहेको प्रचण्डको अभिव्यक्तिप्रति उनले एमाले–कांग्रेसले संविधान खारेज वा च्यात्ने नभइ संरक्षण गर्ने जिकिर गरे ।
प्रचण्ड विध्वंस गर्दै हिड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए । भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सबैको सहमतिमा यसलाई अघि बढाइने बताए । उनले कांग्रेस–एमालेले संशोधनको एजेण्डा तयार गर्ने र एजेण्डालाई सबै दलसँग छलफल गरि सहमति खोज्ने धारणा राखे ।
अहिलेको संविधान सबैलाई सर्व स्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकता अनुसार संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको भन्दै २०८४ को निर्वाचन अघि नै संशोधन हुने उनको भनाइ छ । भट्टराईले अध्यादेशका लागि अन्य दलसँग कुनै सौदाबाजी नगर्ने स्पष्ट पारे ।

माओवादीका नेताहरू चीन भ्रमणमा

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

प्रतिक्रिया