सुर्खेतमा लागुऔषध मुद्दामा तीन सयलाई कारबाही

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुपदार्थ ओसारपसार मुद्दामा तीन वर्षमा झण्डै तीन सय जनालाई पक्राउ गरि कारबाही अघि बढाएको जनाएको छ । लागुऔषध नियन्त्रण ऐन बमोजिम उनीहरूलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याइएको प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । लागुऔषध कारोबार र ओसारपसार मुद्दामा वर्षेनी पक्राउ पर्नेको संख्या बढिरहेको उनले बताए ।
रायमाझीका अनुसार लागुऔषध मुद्दामा प्रहरीले तीन वर्षमा एक सय ७४ मुद्दामा दुई सय ९७ जनालाई पक्राउ गरेको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३५ वटा मुद्दामा ५६ जना, २०७५/०७६ मा ७४ वटा मुद्दामा एक सय २९ जना र २०७६/०७७ मा ५४ वटा मुद्दामा ८९ जना पक्राउ परेका उल्लेख छ । चालु आर्थिक वर्षको चार महिनामा ११ मुद्दामा २३ जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूबाट दुई सय ५३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी निरिक्षक रायमाझीले बताए । ‘१८ वर्ष मुनिका बालवालिकाहरू पनि लागुऔषधको दलदलमा फसेका छन्’ उनले भने, ‘उनीहरूलाई आफुले गरेको गल्तीको कुनै महसूस नै गरेका छैनन् ।’

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IUNRHFaTQZ_bxlqiligc7e9ovtdjnh0vggpkrgbwnlugd5k4pvste9ku5pf13opbpudqflb.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया