सुरक्षित कारोबार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं - सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारितसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने विश्वास व्यक्त गरे ।
त्यस्तै चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको उनले बताए । उनले विधेयकमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ पेस गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बोलाइएको छ ।

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

प्रतिक्रिया