दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोट

सियोल- दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।
घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।
ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।
विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।
आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए ।
करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो । (सिन्ह्वा)

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया