शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज
ढाका- बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयको अपहरण र हत्याको षड्यन्त्रसँग सम्बन्धित मुद्दामा ठूलो फैसला सुनाएको छ ।
यस मुद्दामा अदालतले प्रमुख पत्रिकाका सम्पादकलाई सफाइ दिएको छ ।
फैसला सुनाउने क्रममा राजधानी ढाकाका चौथो अतिरिक्त महानगरीय न्यायाधीश तारिक अजिजले मुद्दामा दोषी ठहर भएको र सजायविरुद्ध महमुदुर रहमानको अपील स्वीकार गरेका छन् ।
सुनुवाइका क्रममा न्यायाधीशले अपहरण र हत्याको षड्यन्त्रका जुनसुकै आरोप पुनरावेदक माथि लगाइए पनि अनुसन्धानका क्रममा ती सबै झुटा र मनगढन्ते भएको पाइएको छ । न्यायाधीशले आफ्नो आदेशमा तल्लो अदालतले दिएको सजाय खारेज गर्दै पुनरावेदकलाई सफाइ दिएको बताएका छन् ।
अदालतको यो फैसलापछि दैनिक अमर देशका सम्पादक महमुदुरले पत्रकारसँग कुरा गर्दै अन्ततः अदालतबाट न्याय पाएको र आफू निर्दोष साबित भएको बताए । यससँगै उनले फासीवाद विरुद्धको लडाइँ जारी राख्ने पनि बताए, जुन देशको सङ्घर्ष पनि हो । उनले अदालतको फैसलाप्रति खुसी व्यक्त गरेका छन् ।
गत वर्ष १७ अगस्ट २०२४ मा ढाकाको अदालतले महमुदुरलाई उनको अनुपस्थितिमा ७ वर्षको जेल सजाय सुनाएको थियो । जसविरुद्ध उनले पुनरावेदन गरेका थिए । महमुदुरसँगै वरिष्ठ पत्रकार शफिक रहमान, राष्ट्रियतावादी सामाजिक–सांस्कृतिक संगठनका उपाध्यक्ष मोहम्मद उल्लाह मामुन, सोही मुद्दामा उनको अनुपस्थितिमा उनका छोरा रिजवी अहमद सिजर र अमेरिकास्थित व्यापारी मिजानुर रहमान भुइयालाई पनि सात वर्षको जेल सजाय सुनाइएकोसमेत थियो ।
महमुदुर साढे ५ वर्ष निर्वासनमा बिताए पछि गत वर्ष सेप्टेम्बर २७ मा बंगलादेश फर्केका थिए । दुई दिनपछि उनले ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतमा आत्मसमर्पण गरे पछि उनलाई जेल पठाइएको थियो। यो मुद्दा ३ अगस्ट २०१५ मा दर्ता भएको थियो र त्यसपछि महमुदुर र शफिक रहमानलाई पक्राउ गरिएको थियो।
शेख हसिनाका छोरा वाजेद जोयलाई अमेरिका र बंगलादेशका धेरै ठाउँमा अपहरण गरी हत्या गर्ने षड्यन्त्र रचिएको भनिएको आरोप उनीहरू माथी लागेको थियो। यसका लागि बैठक पनि बसेको थियो । जोय त्यतिबेला शेख हसिनाका सल्लाहकार थिए ।

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया