बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

साइग्रेस बने आइएमईको स्टोरी एम्बेसडर

काठमाडाैं- स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन् ।

विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुर्याउन मद्दत गर्नेछन् ।नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अव साईग्रेसको आवाजमा सुन्न पाईने छ ।

हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले ब्यक्त गर्ने कम्पनीको बुझाई छ ।

 नेपाली कथा बाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा बिदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुन् । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अव बिश्वको रहेका हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन् ।

साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरुलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूव, फेसबुक तथा इन्स्टाग्राम लगायतमा संजालहरुमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचनमार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ ।

विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ ।

कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका, र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालले बताए ।

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध