प्रचण्डले भनेः ओलीविरुद्ध परेको मुद्धामा अदालतले सही निर्णय सुनाउनेमा विश्वस्त छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–स्टेट सम्बन्धी बिषयमा प्रधानमन्त्री केपी ओलीबिरुद्ध परेको अवहेलना मुद्धामा अदालतले सहि फैसला सुनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गिरीबन्धुका बिषयमा गरेको आदेश कार्यान्वयन नगरेको प्रति प्रधानमन्त्री विरुद्ध अदालतमा परेको अवहेलना मुद्दामा सहि फैसला आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
उनले गिरीबन्धुको कुरालाई माओवादीले निरन्तर उठाईराख्ने जिकिर गरे । प्रचण्डले अहिलेको सरकारले देश जनताका पक्षमा काम नगरी भ्रष्टहरुलाई बचाउने काम गरिरहेको आरोप लगाए ।
उनले अहिले माओवादीको ध्यान सरकारतर्फ नरहेपनि सरकारको गलत काम प्रति मुखदर्शक नबन्ने धारणा राखे । प्रचण्डले प्रक्रिया मिचेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएको र दुई तिहाइको अहंकारले धक्का खाएको टिप्पणी गरे ।
उनले अध्यादेशलाई बिपक्षी दलहरुले अस्वीकार गरेको भन्दै पारित हुने अवस्था नदेखिएको धारणा राखे । उनले माओवादी समाजवादी मोर्चामा रहेको र एकताको बिषयमा पनि छलफल चलिरहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया