पर्यटन प्रवर्द्धन गर्न नेपालका पर्यटन व्यवसायीसँग अमेन भुटान टुर्स एण्ड ट्रेक्सको काठमाडौँमा जमघट
काठमाडौं-नेपाल र भुटानबीच समेत पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको पद्धतिबारे जानकारी दिन व्यवसायीहरुबीच प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो ।
भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी दिने र नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले काठमाडौंमा आयोजित प्रवर्द्धन साँझ सफल भएको अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले बताए ।
काठमाडौंको दुसुति प्रिन्सेस होटलमा आयोजित प्रवर्द्धन कार्यक्रममा नेपालका ५ सय भन्दा बढी पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सहभागी थिए ।
नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको तामाङले बताए ।
अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानकै सबैभन्दा ठूलो निजी क्षेत्रको पर्यटन प्रवर्द्धन कम्पनी हो । तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण पनि नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।
सो अवसरमा भुटानको कला संस्कृति,त्यहाँको धार्मिक पर्यटन तथा भुटानी पर्यटन योजनाका बारेमा समेत जानकारी दिइएको थियो ।
भुटानका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने र नेपालबाट भुटानमा गरिने पर्यटन प्रवर्द्धनका उपायका बारेमा समेत सो अवसरमा छलफल भएको थियो ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया