आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

'चन्‍द नेकपाका नेता ओलीको स्वास्थ्य सुधारोन्‍मुख'

फाइल तस्‍बिर

काठमाडौँ : नेत्रविक्रम चन्‍द नेतृत्वको नेकपा नेता हेमन्‍तप्रकाश ओलीको स्वाथ्‍य सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ । प्रवक्‍ता खड्गबहादुर विश्वकर्माले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए ।  जेल जीवन विताइरहेका नेता ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो । 

ओलीलाई भेट्न प्रवक्‍ता विश्वकर्मा शनिबार बिहानै अस्पताल पुगेका थिए । भेटका क्रममा स्वास्थ्यस्थिति बुझ्नुका साथै सरकारसँग भएको तीन बुँदे समझदारीका विषयमा समेत छलफल भएको विश्वकर्माले बताए । 

सरकारसँग तीन बुँदे समझदारीपछि चन्द नेकपामाथि लगाइएको प्रतिबन्ध सरकारले हटाए पनि हिरासतमा रहेका नेता कार्यकर्ता भने छुटेका छैनन् । केही दिनअघि मात्रै प्रवक्ता विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि १० दिने अल्‍टिमेटम दिएका थिए ।