महाकुम्भकी भाइरल मोनालिसाको कमाई सातामै ३४ लाख, अब ज्वलेरी ब्रान्डिङमा

मुम्बई- महाकुम्भ २०२५ मा माला बेच्न आएकी एक युवती आफ्नो आँखा र प्राकृतिक सौन्दर्यका कारण रातारात भाइरल भइन् ।
उनको लोकप्रियता यति बढ्यो कि उनी कुम्भ छोडेर मध्य प्रदेशमा आफ्नो घर फर्किनु पर्यो। उनको लोकप्रियताका कारण उनको एउटा फिल्म छ र यसको सुटिङ अब १२ फेब्रुअरीबाट दिल्लीको इन्डिया गेटबाट हुनेवाला थियो ।
तर, त्यहाँ सुटिङको नुमति नपाए पछि फिल्मको छायांकन अहिलेका लागि स्थगित गरिएको छ । यति मात्र होइन, फिल्मसँगै धेरै ब्रान्ड पनि उनको नजिक रहन थालेका छन् । हो, हामी हामी कैला आँखा भएकी महाकुम्भकी भाइरल मोनालिसाको कुरा गर्दैछौं। महाकुम्भको भाइरल गर्ल मोनालिसाले यस्तै एउटा ब्रान्डलाई बचन दिएकी छन ।
मोनालिसाको फिल्मको प्रमोशन हेरिरहेका टोलीले एउटा ठूलो ज्वेलरी ब्रान्डले सम्पर्क गरेको बताएको छ । यसका लागि उनलाई १५ लाख रुपैयाँ पनि दिइँदैछ । यस सम्झौता अन्तर्गत मोनालिसा पनि १४ फेब्रुअरीमा यस ब्रान्डको एक कार्यक्रममा सहभागी हुन केरला जादैँ छिन् । यसरी महाकुम्भकी भाइरल गर्लले अर्को ठूलो प्रोजेक्ट हात पारेकी छिन् ।
महाकुम्भबाट फर्किएपछि मोनालिसा युट्युबमा पनि सक्रिय भएकी छिन् र त्यहाँ भिडियो बनाइरहेकी छिन्, जसलाई निकै रुचाइएको छ । मोनालिसाको डेब्यु फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । मोनालिसाको यो फिल्मलाई सनोज मिश्रले निर्देशन गर्दैछन्, जसले उनलाई आफ्नो गाउँ पुगेपछि फिल्म ‘डायरी अफ मणिपुर’का लागि साइन गराएका हुन् । चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । मोनालिसाले फिल्मका लागि करिब २१ लाख पारिश्रमिक लिएको बताइएको छ । उनलाई हस्ताक्षर रकम १ लाख दिइएको थियो ।

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया