च्याम्पियन्स लिग : सिटीको मैदानमा रियलको रोमाञ्चक जित

काठमाडौँ- इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो।
इत्तिहाद रंगशालामा रियलका लागि किलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गरेका थिए। सिटीका दुवै गोल एर्लिङ हालान्डले गरेका थिए।
खेलमा सिटीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा रियलले रोमाञ्चक जित दर्ता गर्यो।
खेलको १९औं मिनेटमा हालान्डको गोलमार्फत् सिटीले अग्रता लिएको थियो। ६०औं मिनेटमा एमबाप्पेले रियललाई बराबरीमा ल्याएका थिए।
तर, हालान्डले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २-१ ले अगाडि बढेको थियो। त्यसको ६ मिनेटमै रियलका डियाजले बराबरी गोल गरे।
इन्जुरी समयमा बेलिङ्घमले गोल गर्दै रियललाई ३-२ को पुनरागमन जित दिलाएपछि सिटी स्तब्ध बन्न पुग्यो।
यो जितसँगै साबिक बिजेता रियलको च्याम्पियन्स लिगमा सम्भावना बलियो बनेको छ। अब दोस्रो लेगमा रियलले घरेलु मैदानमा खेल्ने छ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया