यी हुन 'प्लेब्वाई' मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका

मुम्बई- शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिकामध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।
शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने त्यो स्थान पाउन अझै सकेकी छैनन् । हो, तर उनी प्राय सार्वजनिक स्थानमा देखिँदै आएकी छिन् । शर्लिनको वास्तविक नाम मोना चोपडा हो । सन् २००५ मा फिल्म ‘टाइमपास’मार्फत बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री त्यसपछि स–साना भूमिकामा मात्रै देखिएकी थिइन् ।
जब शर्लिनले बलिउडमा फिल्म आउन बन्द गरे, उनले अर्को दिमाग लगाइन् । शर्लिन चोपडा ह्युग हेफनरको एडल्ट म्यागजिन ‘प्लेब्वाई’ का लागि फोटोसुट गर्ने पहिलो भारतीय बन्न पुगिन् । यो फोटोसुटका लागि उनी लस एन्जलस गएकी थिइन् र त्यहाँ केही दिन ह्युग हेफनरको बंगलामा पनि बसेकी थिइन् ।
शर्लिन चोपडाले सन् २०१२ मा अन्तर्राष्ट्रिय ‘प्लेब्वाई’का लागि एडल्ट फोटोसुट गराएकी थिइन् । जसपछि उनी थप चर्चामा आइन् । उनले एउटा म्यागजिनसँगको अन्तरवार्ताका क्रममा यसो गर्ने पहिलो भारतीय महिला भएकोमा आफुले गर्व महसुस गरेकोसमेत बताएकी पनि थिइन् ।
यस बाहेक शर्लिनले सन् २०१३ मा भएको ६६ औं कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि आफ्नो जादू देखाएकी थिइन् । उनी आफ्नो फिल्म ‘कामसूत्र थ्रीडी’ को प्रमोशनका लागि त्यहाँ पुगेकी थिइन् । त्यस समयमा शर्लिनले अफ हाइट लेहेंगामा प्रवेश गरेर सबैलाई चकित पारिन् र कहिलेकाहीं फुल स्लिभ्स पारदर्शी पोशाकमा आफ्नो सिग्नेचर स्टाइल देखाइन् ।
शर्लिन चोपडाले आफ्नोबारेमा खुलासा गरेकी थिइन् कि उनको किशोरावस्थामा कुनै केटाले उनलाई हेर्न मन पराउँदैन थिए । जसका कारण उनलाई पार्टी र घुम्न जान पनि मन लाग्दैनथ्यो । उनी आफ्नै एकल संसारमा हराएकी थिइन् तर जब १५ वर्षको उमेरमा उनले मेकओभर गर्ने निर्णय गरिन् र आफूलाई आधुनिक बनाउन कुनै कसर बाँकी राखिनन् ।अभिनेत्रीले आफ्नो शरीर र फेसन स्टाइलमा पनि कडा मेहनत गर्न थालिन् ।
उनी ‘बिग बोस सिजन ३’ मा पनि देखिएकी छिन् । यस शोमा उनले विद्या बालनसँग भावुक दृश्य दिन चाहेको बताएकी थिइन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया