शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्छ -उपप्रधान सिंह

काठमाडौं - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस एकाइले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै रहेको उनले बताए । पहिलेको तुलनामा अहिले मुलुकको शिक्षा क्षेत्रमा निकै सुधार भएको उनले बताए ।
विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले पुनर्निर्माण गरि बुधबार नै क्याम्पसलाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया