दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश

बैतडी - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो ।
जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैतडीका लागि कप्तान रितु कनौजिया, जानकी थापा, आरती बोहराले दुई/दुई र वसन्ती बोहराले एक विकेट हात पारिन् ।
यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४ दशमलव चार ओभरमा ८४ रनमा समेटियो । जसमा कप्तान रितु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरिन् । कैलालीका खुसी पौडेलले तीन र कप्तान स्नेहा महराले दुई विकेट झारे । उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चुनिने छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया