कान्समा म्याट डेमनको खुलासा : ‘अवतार’ फिल्म मात्र होइन १० प्रतिशत नाफा पनि इन्कार गरेँ

कान्स : म्याट डेमन यतिबेला कान्समा छन् । यहाँ उनको फिल्म ‘स्टिलवाटर’को वल्र्ड प्रिमियर गरिएको थियो र डेडलाइनका अनुसार फिल्मले ५ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ पायो जुन देखेर म्याट डेमनले आफ्ना आँशु लुकाउन सकेनन् ।
म्याट डेमन रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक बनेको छ । यो फिल्मको चर्चा त उनले गर्ने नै भए, तर उनले कान्समा आफूले खेल्न छुटाएको फिल्म ‘अवतार’को बारेमा पनि पहिलो चोटि मुख खोलेका छन् ।
उनले दर्शकसँगको अन्तक्र्रियाका क्रममा जेम्स क्यामरुनले आफूलाई ‘अवतार’ खेल्न आग्रह गरेको र आफूले आनाकानी गर्दा नाफाको १० प्रतिशत दिने वाचा गरेकोसमेत बताएका छन् ।
म्याटले नाइँ भनेको यो फिल्म इतिहासमै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो जसको रेकर्ड एक वर्षअघि मात्र ‘एभेन्जर एन्डगेम’ले मात्र तोडेको थियो । म्याटले यसको चर्चा गर्दै भनेका छन्, ‘ मलाई जेम्स क्यामरुनले एउटा अवतार नामको सानो फिल्म अफर गरेका थिए र नाफाको १० प्रतिशत पनि दिने बताएका थिए । यदि तपाईंले इतिहास हेर्नुभयो भने कोही यस्तो कलाकार भेट्नु हुन्न जसले यति धेरै पैसा इन्कार गरेको होस् ।’
म्याटका अनुसार ‘बर्न’फ्रेन्चाइसप्रतिको प्रतिबद्धताका कारण उनले यो जेम्स क्यामरुनलाई सरी भनेका थिए र पछि यो भूमिका जोन क्रिसिन्कीले निर्वाह गरेका थिए । जोनले पछि म्याटसँग भेट हुँदा म्याटसँग कुरा गर्ने मौका पाउनुबाहेक उनले यो फिल्म छाड्दा केही फरक नपरेको भन्दै मजाक गरेको पनि स्मरण गरेका थिए । ‘स्टिलवाटर’मा म्याटले छोरीको जीवन रक्षाका लागि संघर्ष गर्ने पिताको भूमिका निर्वाह गरेको बताइएको छ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया