सामाजिक सञ्जाल विधेयकमा विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन

काठमाडौं - नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानमाथि विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गरेको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नै हनन गर्ने गरि सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । विधार्थीहरूले टाउको र हातमा पट्टी बाधेर विधेयक विरुद्ध सांकेतिक विरोध जनाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसँग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ ।

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

प्रतिक्रिया