यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सर्लाहीको महादेव मन्दिरमा चैते दशैंको मेलामा अष्टजाम पुजा सम्पन्न

हत्या गरी साधुको भेषमा लुकी हिड्ने लोकनाथ १७ वर्षपछि पक्राउ

तीनकुने घटनामा ज्यान गुमाउने परिवारलाई भेट्दै मेयर बालेनले भने- निष्पक्ष छा…

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

यस्तो हुनेछ आज दिनभरको मौसम

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

प्रतिक्रिया