किभमाथिको आक्रमणले पुटिन ‘शान्तिको लागि तयार छैनन्’ भन्ने देखिन्छ : जेलेन्स्की

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताएका छन् ।
राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।
जेलेन्स्कीले अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पुर्याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराएका छन् ।
आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन बरू उहाँले थप युक्रेनी नागरिकको हत्या र शहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ।”
उनले भने, “रूसमाथि कडा कदम र दबाबले मात्र यो आतङ्क रोक्न सक्छ । अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारहरूको एकता र समर्थनको खाँचो छ।”
मस्को, वासिङ्टन र किभबाट करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्यबाजी भइरहेका बेला उक्त टिप्पणी आएको हो ।
आपतकालिन सेवाका अनुसार आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरिएको र ब्यारेजबाट लागेको आगो निभाइएको छ ।
चेर्निगिभ क्षेत्रको किभको उत्तरमा रहेका गभर्नर व्याचेस्लाभ चाउसले रूसी सेनाले ब्यारेजमा रहेका ‘महत्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ दुई जना घाइते भएको बताएका छन् ।
युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका ड्रोनसहित १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ । (एएफपी)

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया