आज विश्व रेडियो दिवस
काठमाडौँ- आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ ।
सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो ।
रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।
विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।

सर्लाहीको महादेव मन्दिरमा चैते दशैंको मेलामा अष्टजाम पुजा सम्पन्न

हत्या गरी साधुको भेषमा लुकी हिड्ने लोकनाथ १७ वर्षपछि पक्राउ

तीनकुने घटनामा ज्यान गुमाउने परिवारलाई भेट्दै मेयर बालेनले भने- निष्पक्ष छा…

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

यस्तो हुनेछ आज दिनभरको मौसम

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

प्रतिक्रिया