एकैपटक ३९६ अस्पताल निर्माण सुरु गर्यो सरकारले

काठमाडौं : सरकारले मुलुकभर एकैपटक ३ सय ९६ आधारभूत अस्पताल निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३ सय ९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो ।
अस्पताल निर्माणका क्रममा सोमबार ललितपुरको गोदावरी नगरपालीका अन्तर्गत बज्रवाराहीमा १५ शैयाको अस्पताल निर्माणको शिल्यानाश गरिएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले बज्रवाराही चापागाउँ अस्पतालको शिल्यानाश गरे । मन्त्री पौडेलले जनताको आधारभूत स्वास्थ्य अधिकार प्रत्याभूत गर्नका लागि देशभर नै अस्पताल निर्माण गर्न लागिएको बताए ।
सरकारको योजना अनुसार प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् । यही आर्थिक वषभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब छ ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया