लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौताबमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध व्यवसायी र यसमा आबद्ध बसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन्।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई तीन महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्। सम्झौतापत्रमा लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ। केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्तिपीठ माँ कामाख्याको मन्दिर छ।
केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा छन्।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया