सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठनः बङ्गलादेश

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्ले बुधबार जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो ।
छ महिनाको समयावधि रहेको आयोगमा यसअघि गठन भएका विभिन्न छ वटा सुधार आयोगका प्रमुखहरु रहेका छन् र फब्रुअरी ३ तारिखदेखि काम सुरु हुनेछ ।
नवगठित आयोगले राजनीतिक दल र सरोकारवालासँग छलफल गरी जनताको अपेक्षाअनुरुप सुधारका विषयमा राष्ट्रिय सहमति कायम गर्न सहयोग पुर्याउने अधिकारीहरूले बताएका छन् । तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि युनुसले सन् २०२४ अगष्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।
सेप्टेम्बर ११ मा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले निर्वाचन प्रणाली, प्रहरी, न्यायपालिका, सार्वजनिक प्रशासन, संविधान र भ्रष्टाचार निवारण आयोगमा सुधारका लागि छ वटा आयोग गठन गर्ने घोषणा गरेका थिए ।
युनुसले सुधारलाई छिटो अघि बढाउने र त्यसपछि चुनाव गराउने प्रतिबद्धता जनाइसकेका छन् । (सिन्ह्वा)

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया