राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुप्रिम बन्यो विजेता

भक्तपुर-मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमिस्थित सुप्रिम एकेडेमीले हात पारेको छ । सानोथिमि खेल मैदानमा सञ्चालन भइहेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित विजेता बनेको हो ।
चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक खेल सानोथिमि खेल मैदानमा, कबड्डी खेल आदर्श मावि सानोथिमिमा, भलिबल खेल बोडे मावि बोडेमा र मार्सलआर्टतर्फ कराते, तेक्वाण्डो एवं उसु आदर्श मावि लायकुमा भइरहेको छ ।
तीन दिन चल्ने प्रतियोगितामा मध्यपुरथिमि नगरभित्रका २९ विद्यालयका सात सय ६९ जना छात्रछात्राले प्रतिस्पर्धा गरिरहेका नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए ।

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

प्रतिक्रिया