सजग भएर सेयर बजारमा लगानी गर्न आग्रह
सेयर बजारमा दैनिक उछालपछि नियामक धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ ।

काठमाडौंः सेयर बजारमा दैनिक उछाल आएपछि पुँजीबजारको नियामक निकाय, धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको छ । धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको बोर्डले जनाएको छ ।
पछिल्ला केही सातायता नेप्सेमा तीव्र उछाल आएको छ । दैनिक कारोबार रकम पनि सात अर्ब रुपैँया नाघेको छ । आइतबार एकै दिन दैनिक कारोबार ९ अर्ब २२ करोड रुपैँया पुगेको थियो ।
सोमबार नेप्से परिसूचक २८.७९ अंक (१.४६ प्रतिशत)ले बढेर १९९७.०५ बिन्दूमा पुगेको छ । सोमबार नेप्सेमा १९८ कम्पनीका ८ अर्ब ८६ करोड ७७ लाख रुपैँया मूल्यका २ करोड ५१ लाख ९१ हजार तीन सय १९ कित्ता सेयर ८३ हजार पाँच सय ६७ कारोबारमार्फत् किनबेच भएको छ । सोमबार बैंकिङ्ग, विकास बैंक र वित्त कम्पनी र म्युचुअल फण्ड उपसमूहबाहेकका सबै उपसमूहका परिसूचक उकालो लागेका छन् ।
सेयर बजारमा तीव्र उछाललाई दृष्टिगत गर्दै धितोपत्र बोर्डले धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको जनाएको छ ।
‘पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पूँजी बजारका लागि खुसीको कुरा हो,’ धितोपत्र बोर्डले भनेको छ, ‘यद्यपि, लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’

घट्यो पेट्रोलको मूल्य

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

प्रतिक्रिया