सुदूरपश्चिमको नीति आयोगले पायो पूर्णता

कैलाली- सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले पूर्णता पाएको छ । यसअघि सम्म तीन सदस्यीय रहेको आयोग यस पटकदेखि पाँच सदस्यीय बनाइएको हो । आज दुई सदस्य नियुक्त पछि आयोग पूर्ण भएको हो ।
आज बसेको मन्त्रीपरिषद् बैठकले नृपबहादुर सुनार र कर्णबहादुर कुँवरलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सुनार नेपाली कांग्रेस तथा कुँवर नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका हुन् । सुनार कांग्रेस जिल्ला सचिव हुन् भने कुँवर एमाले प्रदेश सचिवालय सदस्य हुन् ।
नवनियुक्त सदस्यहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।
यसअघि उपाध्यक्षमा राना तथा सदस्यहरूमा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भइसकेका छन् । राना र भण्डारी कांग्रेस कोटाबाट उपाध्यक्ष र सदस्य नियुक्त हुँदा चन्द नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका थिए ।

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री दे…

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

प्रतिक्रिया