हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते
नयाँ दिल्ली- दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।
“स्थानिय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले बताउनुभयो ।
“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए ।”
टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देखाइएको छ । (सिन्ह्वा)

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_zAv4NbtdqT_l6bfzfpgzfwd7xkg1jok3e7recfsxvrbqmnlqjpofbmumalm4zpfexnsjy5x.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया