चुनाव प्रभावित गर्न थपिएका क्रियाशील मान्य हुँदैन : पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रभावित पार्न प्रक्रिया नपुर्याइ थपिएका क्रियाशील सदस्य मान्य नहुँने बताएका छन् । क्रियाशील सदस्यता छानबिन भइरहेको नेपाल भारतमैत्री धर्मशाला तिलगंगामा पुगेर सदस्यता छानबिनबारे जानकारी लिएका हुन् ।
सदस्यता छानबिनबारे जानकारी लिएपछि पौडेलले छानबिन समितिका सदस्यहरूलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए । ‘क्रियाशील सदस्यता छानबिन समिति न्यायालय हो, निष्पक्ष छानबिन गर्नुस्, मेरो पक्ष, उसको पक्ष भन्ने जरुरी छैन,’ पौडेलको भनाइ उध्रित गर्दै स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘साच्चिँकै क्रियाशील सदस्यले न्याय पाउनु पर्यो । चुनाव प्रभावित पार्ने खालले सदस्यता थपिएको छ भने नमान्नुस् । विधि र प्रक्रिया अनुरुप काम गर्नुस् ।’
पौडेलको आग्रहपछि छानबिन समितिका संयोजक रमेश लेखकले सहज विवाद टुंग्याउने र जटिल विवाद केन्द्रीय समितिमा फिर्ता गर्ने बताएका थिए । ‘हामीले सहज र टुंग्याउन सक्ने विवाद टुंग्याउँछौं । जटिल विवाद केन्द्रीय समितिमा फिर्ता गर्छौं,’ लेखकको भनाइ थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया