पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियो बनाएपछि जेल सजाय

सियोल- दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा जेल सजाय तोकिएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड, जसले अक्टोबरमा दोषी स्वीकार गरेका थिए, जस अनुसार शुक्रबार दुई वर्षको लागि निलम्बित र एक वर्षको जेल सजाय सुनाइएको छ।
योनहापका अनुसार न्यायाधीश ली योङ जेले भने, ‘गैरकानूनी फिल्मिङ अपराधबाट हुने सामाजिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कडा सजाय दिन आवश्यक छ ।’ न्यायाधीशले अगाडि भने, ‘ह्वाङले पीडितको इच्छाविपरीत आफ्नो मोबाइल फोन प्रयोग गरी चार पटक यौन सम्पर्कको दृश्य खिचेका थिए ।’
पत्रकारहरूले मुद्दापछि पीडितलाई भन्नुपर्ने केही छ कि भनेर सोध्दा ह्वाङले आफूबाट गल्ती भएको भएको बताए । ‘म व्यक्तिगत रूपमा फुटबल प्रशंसकहरूसँग माफी चाहन्छु र साँच्चै धेरै दुःखी महसुस गर्छु,’ ह्वाङले भने । जो खेलाडी टर्किएमा स्थानतरण हुनु नटिङ्घम फरेस्टका लागि आरक्षित रहेका थिए।
उता, ह्वाङकी भाउजुले जुन २०२३ मा ब्ल्याकमेल गर्ने प्रयासमा ह्वाङको निजी भिडियोहरू पोस्ट गरेपछि यो घोटाला बाहिर आएको थियो । उनी भने अहिले ब्ल्याकमेल गरेको अभियोगमा ३ वर्ष जेलमा रहेकी छिन् । अभियोजकहरूले अक्टोबरमा मुद्दाको अन्तिम बहस गर्दा ह्वाङलाई ४ वर्षको जेल सजाय माग गरेका थिए।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया