वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

झापा- वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए ।
वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए ।
स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए ।
“अर्को स्थानमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न समय लाग्छ, १० दिन म्याद दिनुहोस् भनेर वन डिभिजन र प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्यौँ”, नगरप्रमुख बुढाथोकीले भने, “तर वन डिभिजन कार्यालयले मानेन ।”
चारआली बजारको पश्चिममा रहेको सो स्थान प्रगति सामुदायिक वनअन्तर्गत रहेको छ । सालका रुख रहेको उक्त स्थान दुई दशकयता अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमित स्थानका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् ।
वन डिभिजन कार्यालयका प्रमुख राईले पहिलो चरणमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाइएको जानकारी दिँदै कसैले पक्की संरचना बनाएको रहेछ भने वनक्षेत्रको सीमा अध्ययन गरेर भावी दिनमा म्याद दिएर हटाइने बताए । रासस

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_tL1ctXk7dv_8nqyh5ochdhfvcx4pbg85gkadxcshojm5daeanaewqh9cobydcxajqua14zc.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया