शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सुजनको निर्देशनमा ‘के यो माया हो’ सार्वजनिक

काठमाडौँ- सुजन रानामगरको निर्देशनमा ‘के यो माया हो’ सार्वजनिक भएको छ। गीतमा पूर्ण पौडेलको स्वर रहेको छ। जसलाई कुमार थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको अडियो सुजन म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। 

गीतको भिडियो पनि दर्शकका लागि आकर्षक बनेको छ। गीतमा प्रिन्स रुपेन्द्र, सारिका केसी र शशि पाण्डेले अभिनय गरेका छन्। भिडियोको सिनेमाटोग्राफी अजय रेग्मीले सम्हालेका छन्। सम्पादन नवीन घर्ती मगरको रहेको छ। 

मेकअप आर्टिस्ट सपना लम्सालले कलाकारहरूको लुक्स तयार पारेकी छन्। भिडियोको पोस्ट–प्रोडक्सन सुजन म्युजिकले गरेको हो। शशि पाण्डे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोले प्रेमभाव झल्काउने भावनात्मक कथा बोकेको छ।