कारागारका कैदीबन्दीलाई ढाका बुनाइ तालिम

अर्घाखाँची- यहाँको कारागारमा रहेका कैदीबन्दीलाई आयआयर्जनमा जोड्न ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीलाई सीप विकास गरेर आर्थिक रुपमा आत्मनिर्भर बनाउन ढाका कपडा बुनाइ सीप विकास तालिम सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कैदीबन्दीलाई एकमहिने तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताए । उनका अनुसार सीप सिकेर सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी अगाडि बढाउन सकिने भएकाले तालिम महत्वपूर्ण छ । सोहीअनुसार सीप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गरे ।
कुनै पनि मानिसले कुनै प्रकारका सीप सिक्नु भनेको ज्ञान बढ्नु, सीप बढ्नु स्वरोजगार बन्नु र व्यक्ति विशेष मात्र नभई राज्यका लागि फाइदाजनक हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
सीपले आत्मबल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । सो कारागारमा अहिले ९६ जना कैदीबन्दी छन् । त्यसमध्ये पुरुष ९० र महिला छ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताए ।

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_gIesOanmA8_q4gavgkkzn6uehtfmcl85enbbnky8heh3x2m37uwnvj4p8pmvhgtfrecixaa.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया