फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला- फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ ।
क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।
क्वेजोन शहरका प्रमुख जोय बेलमोन्टका अनुसार जनवरी १ देखि फेब्रुअरी १४ सम्मको अवधिमा शहरको स्वास्थ्य विभागले एक हजार ७६९ बिरामीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ । यो सङ्क्रमण दर गत वर्षको तुलनामा लगभग २०० प्रतिशत बढी हो।
बेलमोन्टका अनुसार यो बर्ष आठ नाबालकसहित १० जनाको यस रोगका कारण मृत्यु भएको छ ।
बेलमोन्टले भने, “डेङ्गुको प्रकोपको हाम्रो घोषणा सङ्क्रमणको स्थितिको शीर्ष अवस्थामा रहेको जानकारी गराउन भएको हो।”
उनले भने, “हामी हाम्रा बासिन्दाहरूलाई यस घातक रोगबाट, विशेष गरी हाम्रा बच्चाहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छौं भन्ने सुनिश्चित गर्दछ।”
सङुक्रमितमध्ये ५८ प्रतिशत पाँचदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका रहेका छन् भने ४४ प्रतिशत एकदेखि १० वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।
“डेङ्गुको निदानलाई सम्बोधन गर्ने कार्यका लागि प्राथमिक समाधानको रूपमा सबै ६६ शहर स्वास्थ्य केन्द्रहरू सप्ताहन्तमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्,” बेलमोन्टले भने ।
फिलिपिन्सको स्वास्थ्य विभागले पानी र खानाबाट सर्ने रोग, इन्फ्लुएन्जाजस्ता रोग, लेप्टोस्पायरोसिस र डेङ्गुजस्ता रोग बढेको उल्लेख गरेको एक दिनपछि यो शहरमा डेङ्गुको प्रकोप घोषणा भएको हो ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२० सम्ममा क्वेजोन शहरको जनसङ्ख्या करिब ३० लाख रहेको थियो । (एएफपी)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया