‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक

काठमाडौँ- एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहेका जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
चलचित्रका निर्देशक गहतराजले आफ्नो पहिलो सन्तानको स्वागतमा रहेको नवविवाहित जोडीको जीवनमा अकल्पनीय घटनाले निम्त्याउने घटनाक्रमलाई चलचित्रको विषय बनाइएको बताए ।
उनले भने, “रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय भए पनि मैले निर्देशक विधा पनि अध्यन गरेको छु । विचार मिल्दो समूह जुटेका कारणले मैले निर्देशकको रूपमा अगाडि बढ्ने योजना बनाएको हुँ । सुरुमा नेपालमा बनिरहेका भन्दा फरक चलचित्र दर्शकसामु ल्याउँदै छु ।”
निर्देशक गहतराजले पारिवारिकसँगै ‘एक्सन थ्रिलर’ विधामा तयार भएको सो चलचित्रले दर्शकलाई नयाँपन दिने बताए । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रमा हरि घले लामाले छायाङ्कन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रले पाश्र्वसङ्गीत सृजना, अनिरुद्ध आत्रेय र हुसेनले पटकथा लेखेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया