आफ्नै विद्यार्थीमाथि यौन दुराचार गर्ने प्रअ पक्राउ

पोखरा : पोखरामा आफ्नै विद्यार्थीमाथि यौन दुराचार गर्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला बाल यौन दुराचारमा पक्राउ परेका हुन् ।
१५ वर्षीया छात्रामाथि उनले दुराचार गर्ने गरेको पाइएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । हमालका अनुसार ती छात्रा पछिल्लो समय मानसिक समस्याबाट गुज्रिएकी थिइन् । उनलाई अभिभावकले पटकपटक अस्पताल लगेपनि शारीरिक अस्वस्थता भने नदेखिएपछि घरमै सोध्दा शिक्षकले दुव्र्यवहार गर्ने गरेको ती बालिकाले बताएको प्रहरी बताउँछ । ‘शारीरिक बिरामी केही रहिनछन्, जोक्र्याउने मात्र हुने भएपछि अस्पताल लैजाँदा केही नदेखिएपछि फकाएर सोध्दा दुव्र्यवहार बारे बोलिछन्,’ हमालले बताए ।
प्रअले दुर्व्यवहार गरेको बताएपछि परिवार र गाउँले मिलेर बास्तोलालाई कुटपिट गरेका थिए । बास्तोलामाथि कुटपिट भएको जानकारी पाएपछि छोरेपाटन प्रहरी गएर बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो । बालिकाको परिवारसँग कुटपिट बारे सोध्दा दुव्र्यवहार भएको बताएपछि प्रहरीले जाहेरी दिन लगाएको थियो ।
बालिकाको परिवारले बुधबार प्रहरीलाई जाहेरी दिएको थियो । जाहेरीमा आफूमाथि पटकपटक यौन दुव्र्यवहार भएको, प्रअले म्यासेजमा अश्लिल सन्देश पठाउने गरेको उल्लेख छ । प्रअ बास्तोलालाई प्रहरीले पक्राउ गरी प्रारम्भिक बयान समेत लिइसकेको छ । बयानमा बास्तोलाले दुव्र्यवहार नगरेको बताएको प्रहरी बताउँछ । ‘बयानमा त मैले गरेको होइन भनेको छ,’ प्रवक्ता हमालले बताए ।

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

प्रतिक्रिया