अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल पुगे कीर्तिपुर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पाैडेल आइतबार बिहान साे अस्पताल पुगेर मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पाैडेललाई स्वास्थ्यमन्त्री प्रदिप पाैडेल, स्वास्थ्य सचिव डा. राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरण किशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले अर्थमन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
केहीबेर अघि सभामुख देवराज घिमिरे पनि कीर्तिपुर अस्पताल पुगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री दे…

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

प्रतिक्रिया