सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

एमाले सांसदले हस्ताक्षर फिर्ता लिए के गर्ने ?

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बुढानीलकण्ठमा भेटघाट भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि दाहाल देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । 

भेटमा एमालेभित्रको विवाद समाधान हुन लागेकोबारे र सर्वोच्च अदालतमा प्रधानमन्त्री दाबी गर्दै संविधानको धारा ७६ (५) अनुरुप गरेको दाबीमा सोमबारका लागि तोकिएको फैसलाको मितिबारे पछलफल भएको स्रोतले बतायो । 

‘एमाले मिलेमा के गर्ने ?, सोमबारका लागि तोकिएको प्रधानमन्त्रीविरुद्ध दायर रिटको फैसलालगायत विषयमा छलफल भयो,’ स्रोतले भन्यो । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १३९ जनाले सर्वोच्चमै पुगेर रिट दायर गर्दा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ सांसदले पनि हस्ताक्षर गरेका छन् । 

उनीहरूले पार्टी विवाद समाधान भएर हस्ताक्षर फिर्ता लिएमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको स्रोत बताउँछ ।