भोलि सुखद समाचार सुन्न पाइन्छ : गोकर्ण बिष्ट
काठमाडौं : नेकपा एमालेका युवा नेता गोकर्ण बिष्टले भोलि सुखद समाचार सुन्न पाइने बताएका छन् । शनिबार सिंहदरबारमा भएको एमाले कार्यदलको बैठकबाट बाहिरिने क्रममा नेता बिष्टले भोलि पार्टी एकताका लागि सहमति हुने संकेत गर्दै सुखद समाचार सुन्न पाइने बताएका हुन् ।
एमाले एकताका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल गम्भीर हुनुपर्ने बताउँदै उनले नेताहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । नेताहरुबीच विश्वासको वातावरण बन्दै गएको भन्दै उनले कार्यदलमा सहमतिका लागि अन्तिम प्रयास भइरहेको पनि जानकारी दिए ।
शनिबार बेलूकी सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु भएपनि त्यसको केही समयमै वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरु बाहिरिएका थिए ।

यो बाटो मात्र हिँड र यता नआउ भन्नु सरकारी निरंकुशतन्त्र होः लिङ्देन

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित घेरा तोडे कारबाही हुन्छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

ओली, देउवा र प्रचण्डको एउटै मत- गणतन्त्र पक्षधर एकै ठाउँमा उभिऔं

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

प्रतिक्रिया