ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

गुल्मी - बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आज मृत्यु भएको हो ।
कुमाल पालुखा माविमा कक्षा युजेकीमा अध्ययनरत विद्यार्थी हुन् । अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेको थियो । स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्वारमा ढिलाइ हुँदा उनको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया