एमाले मिल्न नदिन दाहालको दौडधुप

काठमाडौँ : एमालेका दुई समूह मिल्ने अवस्थामा पुगेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको धपेडी बढेको छ । उनले शनिबार बिहान माधवकुमार नेपाललाई भेटेर आफ्नो मन्त्रणा सुनाए । त्यसपछि उनी त्यहीबाट सिधै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगे । त्यहाँ पनि एमालेको मिलनबारे नै उनले छलफल गरे ।
दाहालले नेपाललाई अदालतको फैसला नआएसम्म टसमस नगर्न सुझाव दिएको नेपाल निकट एक नेताले बताए । नेपाललाई कसरी भोलिसम्म मनाउने भन्नेमा दाहाल लागि परेका छन् । देउवाको समर्थनमा रहेको हस्ताक्षर फिर्ता नहोस भन्नेमा दाहाल र देउवा छन् भने पार्टी बचाउने शर्तमा एमालेभित्रका नेपाल समर्थकहरू पार्टीमा नै फर्कन सक्ने अवस्थाले नेपाल दबाबमा परेका छन् ।
अदालतको फैसला पर्खनु बाहेक अन्य बाटो नभएकाले अदालतको फैसलासम्म नेपाललाई टिकाउन दाहाल र देउवा लागि परेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फैसला आगामी सोमबार गर्ने निश्चित प्रायः छ । एमालेभित्र आन्तरिक सहमतिको खोजी तिव्र गतिमा भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालको धपेडी बढ्नु अर्थपर्ण छ ।
नेपालसँग करिब डेढ घण्टा छलफल गरेका उनले कांग्रेस, माओवादी केन्द्रलगायत विपक्षी गठबन्धन दिगो रूपमा अघि बढाउन पर्ने स्पष्ट पारेका थिए । नेपालले अदालतमा बुझाइएको हस्ताक्षर फिता लिने या नलिने विषयमा आफूले फिर्ता नलिने स्पष्ट पारेका थिए ।
एमाले एक हुन लागेको भन्ने हल्ला चलिरहँदा नेता नेपालको बलियो वचनवद्धता लिन उनी कोटेश्वर र त्यसपछि सिधै बुढालिनकण्ठ पेगेका हुन् । ओलीले आफ्नो दल मिलाउने र विपक्षीलाई घचेट्ने काम गरेपछि दाहाल सक्रिय भएका हुन् ।

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रतिक्रिया